Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारस्टारबक्सको आम्दानी साढे छ अर्ब डलर माथि

स्टारबक्सको आम्दानी साढे छ अर्ब डलर माथि


अमेरिका ।
गत वर्ष ओरालो लागेको विश्वकै ठूलो कफी चेन स्टारबक्सको आम्दानी यस वर्ष भने ह्वात्तै बढेको छ । मंगलबार कम्पनीले यसबारे सार्वजनिक गर्ने तयारी गरेको रोयटर्सले जनाएको छ ।

यो वर्षको दोस्रो त्रैमासिकको आम्दानी छ अर्ब ८० करोड अमेरिकी डलरभन्दा धेरै हुने अनुमान गरिएको छ । खासगरी अमेरिका र चीनमा द्रुतगतिमा भइरहेको खोप अभियानपछि व्यवसाय सञ्चालन यथावस्थामा फर्किएसँगै कम्पनीको व्यवसाय पनि बढेको छ ।

गत वर्ष कोरोना उत्कर्षमा पुग्दा कम्पनीका अधिकांश स्टोरहरु बन्दप्रायः भएका थिए । मानिसहरुले उक्त समयमा बाहिर गएरभन्दा घरमै कफी बनाएर पिउनुपर्ने बाध्यता थियो । तर अहिले खोप बनेर लगाउने क्रम बाक्लिएसँगै व्यवसाय सुचारु हुँदा कम्पनीको व्यवसायमा सकारात्मक प्रभाव परेको हो ।

त्यस्तै कम्पनीको अन्तर्राष्ट्रिय व्यवसायबापतको राजस्व पनि ५८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएकोा छ । छ अर्ब ८२ करोड डलरको राजस्व संकलन गत वर्षभन्दा १३.७ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा ८.१ प्रतिशतले बढी हो ।

कम्पनीको आम्दानी अमेरिकामा गत वर्षको तुलनामा ७.१ प्रतिशतले बढेर चार अर्ब ६४ करोड डलर पुगेको अनुमान गरिएको छ । त्यस्तै कम्पनीको सेयर पनि प्रतिकित्ता ३२ सेन्टबाट बढेर ५३ सेन्ट पुगेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया