बेलायत–भारत व्यापार सम्झौता, खोप उत्पादनमा लगानी बढाउने बेलायतको तयारी
लन्डन ।
बेलायतले भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ । एपीका अनुसार नयाँ व्यापार एवं लगानी सम्झौतामा कोभिड–१९ र अन्य रोग विरुद्धका खोप उत्पादनमा सघाउन भारतस्थित खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटलाई थप मद्दत गर्ने समेत उल्लेख छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मङ्गलबार भएको भिडियो कन्फरेन्स बैठक अघि बेलायतका तर्फबाट यस्तो घोषणा गरिएको हो । यस बैठकमा दुई देशबीच स्वतन्त्र व्यापार सम्झौताका लागि सम्झौताहरु हुने अनुमान गरिएको छ ।
बेलायत सरकारले युरोपेली युनियनबाट अलग भएपछि विभिन्न देशसँग व्यापार वृद्धिका लागि सम्झौताहरु गर्न थालेको छ । सोमबार अबेर घोषणा गरिएको बेलायतको यस घोषणाले बेलायतमा छ हजार पाँच सयभन्दा बढी रोजगारी सिर्जना हुने बेलायत सरकारको अपेक्षा छ ।
यस प्याकेजअन्तर्गत सेरमको बेलायतस्थित प्लान्टमा २४ करोड पाउन्ड स्टर्लिङ लगानी गरिनेछ जसबाट क्लिनिकल ट्रायल, अनुसन्धान र खोप उत्पादनमा खर्च गरिनेछ । सेरम इन्स्टिच्यूटले कोडाजेनिक्ससँगको साझेदारीमा कोभिड–१९ विरुद्ध एक डोज लगाए पुग्ने खोपको विकास गर्न थालेको छ । नाकबाट दिइने यो खोपको परीक्षण प्रारम्भिक अवस्थामै रहेको छ ।
प्रधानमन्त्री जोन्सनले विज्ञप्तिमा भनेका छन्, ‘बेलायत–भारत सम्बन्धका विभिन्न आयाम रहेझैँ यस लगानीबाट दुई देशका हाम्रा जनतालाई थप बलियो र सुरक्षित बनाउनेछ । यस लगानीबाट सिर्जना हुने छ हजार पाँच सय नयाँ रोजगारीले बेलायती र भारतीय परिवारलाई लाभ पुग्नेछ ।’ बेलायत र भारतबीचको वार्षिक व्यापार करिब २३ अर्ब पाउन्डको छ । यो युरोपेली युनियनसँग बेलायतको व्यापारभन्दा ५ प्रतिशत मात्र कमी हो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया