Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाको व्यापारघाटा ७४ अर्ब डलर

अमेरिकाको व्यापारघाटा ७४ अर्ब डलर


वासिङटन ।
संयुक्तराज्य अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ । समाचार संस्था एपीका अनुसार विदेशी सामानको आयात बढेसँगै व्यापारघाटा बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

गत फेब्रुअरी महिनामा रहेको व्यापारघाटा ७०.५ अर्ब डलरको तुलनामा मार्चमा यस्तो घाटा ५.६ प्रतिशतले वृद्धि भएको अमेरिकी वाणिज्य विभागले जनाएको छ । आयात ६.३ प्रतिशतले वृद्धि भएर दुई सय ७४.५ अर्ब डलर पुगेको छ भने निर्यातमा पनि ६.६ प्रतिशतले सुधार आएर दुई सय अर्ब डलर पुगेको छ । डलर खाताका आधारमा निर्यातभन्दा आयात निकै बढी भएको छ ।

राजनीतिक रुपमा निकै संवेदनशील मान्ने गरिएको चीनसँगको व्यापारघाटामा सुधार आएको छैन, बरु चीनसँगको व्यापार घाटा ११.६ प्रतिशतले वृद्धि भएर २७.७ अर्ब डलर भएको छ । स्वाभाविक रुपमा अमेरिकाको चीनसँगको व्यापारघाटा अंक सबैभन्दा बढी छ ।

यस वर्षका पहिलो तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनामा अमेरिकी व्यापारघाटा कुल दुई सय १३ अर्ब डलर भएको छ जुन गत वर्षको सोही अवधिभन्दा झण्डै ६४ प्रतिशतले बढी छ । उक्त अवधिमा कोरोनाभाइरस महामारीका कारण अमेरिकाका धेरैजसो स्थानमा कडा प्रतिबन्ध र लकडाउन गरिएका थिए । संयुक्तराज्य अमेरिकाको सन् २०२० मा छ सय ८१ अर्ब डलर व्यापारघाटा थियो । यो अंक सन् २००८ यताकै सबैभन्दा बढी हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया