मनिला ।
विश्व स्वास्थ्य संगठन र राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले फिलिपिन्समा पोलियो उन्मूलन भएको घोषणा गरेका छन् । झण्डै दुई वर्षपहिले निकै संक्रामक यो रोग फिलिपिन्समा पुनः देखा परेपछि देशव्यापी पोलियो उन्मूलन अभियान चलाइएको थियो । दुवै राष्ट्रसंघीय संस्थाले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा फिलिपिन्सको स्वास्थ्य सेवा विभागले यस वर्षको जुन ३ देखि पोलियो रोकथाम अभियान औपचारिक रुपमा स्थगित गरेको जनाएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘विगत १६ महिनाको अवधिमा कुनै पनि बच्चामा अथवा वातावरणमा भाइरसका अवशेष नभेटिएपछि यस्तो निर्णय गरिएको हो ।’ खोप र निगरानीका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिएपछि पोलियोका नयाँ बिरामी देखा नपरेको पनि वक्तव्यमा उल्लेख छ ।
त्यसयता फिलिपिन्स सरकारसहित विश्व स्वास्थ्य संगठन, युनिसेफ र अरु साझेदारहरुले भाइरस प्रसार रोक्न राष्ट्रपति पोलियो अभियान सञ्चालन गरेका थिए । कोभिड–१९ का कारण ठूलो संकट आए पनि फिलिपिन्सको स्वास्थ्य सेवा विभागले पोलियो खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको थियो । खासगरी, युनिसेफ र विश्व स्वास्थ्य संगठन दुवैले पोलियो रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यकर्ताको परिचालन र तालिमका लागि स्वास्थ्य सेवा विभागले लिएको अग्रसरताका लागि धन्यवाद पनि दिएका छन् ।
युनिसेफले फिलिपिन्सको स्वास्थ्य सेवा विभागका लागि खोप खरिद र ढुवानी, खोप निर्देशिका निर्माण, सामाजिक परिचालन समेतका विषयमा सहयोग गरेको थियो । पोलियो निकै संक्रामक र घातक रोग हो र यसलाई खोप लगाएर ठिक गर्न सकिन्छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिका मुख्यरुपमा जोखिममा रहन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वका दुई मुलुक अफगानिस्तान र पाकिस्तानमा यो रोग अझै व्याप्त छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
- सिटिजन लाइफद्वारा जेन जेड लक्षित कार्यक्रम सञ्चालन
- सय दिनको रोजगारीको लागि १५ हजार बढीको आवेदन
- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया