Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपेली देश माल्टा फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’मा

युरोपेली देश माल्टा फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’मा


पेरिस ।
ग्लोबल डर्टी मनी वाचडग द फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले युरोपेली संघ सदस्यराष्ट्र माल्टालाई आफ्नो ‘ग्रे लिस्ट’मा राखेको छ । तीव्र अनुगमनपछि यस्तो निर्णय लिइएको बताइएको छ । उक्त सूचीबाट पाकिस्तानलाई भने एफएटीएफले हटाएको छैन ।

पाकिस्तानले आतंकवादी लगानी रोक्न राम्रो प्रगति गरे पनि उसलाई अझै सूचीमा कायमै राखिएको छ । एफएटीएफले हैटी, फिलिपिन्स र दक्षिण सुडानलाई पनि ग्रे लिस्टमा राखेको छ । तर घानालाई भने प्रगति भएको भन्दै सूचीबाट हटाएको छ । माल्टाका प्रधानमन्त्रीले भने अन्याय भएको टिप्पणी गरेका छन् ।

एफएटीएफले वर्षौँसम्म अन्तर्राष्ट्रियस्तरमा माल्टा सरकारको नीतिलाई लिएर भएको आलोचनापछि सूचीमा राखेको हो । माल्टामा राष्ट्रिय राहदानी नै बिक्री हुने गरेको, पनामा पेपरमा समावेश सरकारी अधिकारीलाई कानुनी कारबाही नगरेकोलगायत आरोप लगाइएको छ ।

एफएटीएफका अध्यक्ष मार्कस प्लियरले माल्टाले सम्बोधन गर्नुपर्ने कमजोरीका धेरै क्षेत्रहरु रहेको बताए । सम्पत्ति शुद्धीकरण र आतंकवादमा हुने लगानी रोक्न माल्टाले कदम चाल्नुपर्ने उनको भनाइ छ ।

यता पाकिस्तानको पनि तीव्र अनुगमन भइरहेकोले सूचीमै राखिएको प्लियरले बताएका छन् । पाकिस्तानले विश्व सम्पत्ति शुद्धीकरणविरुद्धका मानकलाई भेट्न अझै नसकेको एफएटीएफले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया