Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित

भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार छ सय ६२ जना संक्रमित भएका हुन् ।

सोही अवधिमा दुई सय १८ जनाको भाइरस संक्रमण कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि संक्रमितहरूको संख्या तीन लाख ४० हजार छ सय ३९ रहेको छ । यो संख्या घट्दै गएको देखिएको छ । एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेहरूको संख्या धेरै भएकाले संक्रमितहरूको संख्या घट्दै गएको हो ।

त्यसैगरी अहिलेसम्म संक्रमणमुक्त भएकाहरूको संख्या तीन करोड २६ लाख ३२ हजार दुई सय २२ पुगेको छ । गत शुक्रबारसम्ममा भारतका ५५ करोड सात लाख ८० हजार दुई सय ७३ जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये १४ लाख ४८ हजार आठ सय ३३ जनाको शुक्रबार परीक्षण गरिएको हो । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया