Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४ सय २५ माथि

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४ सय २५ माथि


हङकङ, माघ २२
विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन् । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३औं व्यक्ति थिए । उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै मङ्गलबार बिहान मृत्यु भएको हो । हङकङको व्याम्पो गार्डेनमा बसोवास गर्दै आएका ती व्यक्ति गत जनवरी २१ मा हङकङबाट उहान र जनवरी २३ मा हङकङ फर्किएका थिए ।

मंगलबारसम्म चीनमा यस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २५ पुगिसकेको समाचार संस्था एएफपीले जनाएको छ । यस भाइरसबाट संक्रमण भएका २ हजार १ सय ४३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भाइरस संक्रमण ३ सय ९६ जनालाई अस्पतालबाट घर फर्काइएको छ । हुबेइ प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । उनले चीनले वुहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको बताए ।

यता चीनको केन्द्र सरकारले पनि वुहानलगायतका धेरै सहर बजारमा मानिसको आवतजावत रोक्नाका साथै सवारीसाधनहरु बन्द गरेको छ । यसअघि फिलिपिन्समा पनि आइतबार एक जनाको ज्यान गएको थियो । उनी पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । ‘चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो’, डब्लुएचओको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया