Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसाउदीको तेल कम्पनी अराम्कोद्वारा ४ प्रतिशत सेयर सार्वभौम कोषमा हस्तान्तरण

साउदीको तेल कम्पनी अराम्कोद्वारा ४ प्रतिशत सेयर सार्वभौम कोषमा हस्तान्तरण


रियाद । चर्चित तेल कम्पनी साउदी अराम्कोले आइतबार आफ्नो राज्यको सार्वजनिक लगानी कोषमा आफ्नो चार प्रतिशत सेयर हस्तान्तरण गरेको छ ।

कम्पनीले कोषमा हस्तान्तरण गरेको सेयरको मूल्य करिब ८० अर्ब अमेरिकी डलरबराबर रहेको बताइएको छ । यसले सार्वजनिक लगानी कोषलाई बलियो वित्तीय अवस्थासँगै मध्यावधिमा ऋण लिने क्षमता बढाएको छ । अराम्कोको ठूलो सेयर सदस्य सरकार रहेको छ । चार प्रतिशत सेयर हस्तान्तरणसँगै सरकारको कम्पनीमा ९४ प्रतिशत सेयर रहेको छ ।

सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई उद्धृत गर्दै, “सार्वजनिक लगानी कोषमा अराम्कोको चार प्रतिशत शेयर हस्तान्तरण गरेको जनाएको छ। देशको अर्थतन्त्रको पुनर्संरचनालाई समर्थन गर्न राज्यको दीर्घकालीन रणनीतिको हिस्साको रूपमा सो निर्णय गरिएको उल्लेख छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया