‘१५ लाख श्रीलंकालीलाई खाद्य सहयोग आवश्यक छ’
कोलम्बो । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले चरम खाद्यान्न अभाव झेलिरहेका १५ लाख श्रीलंकालीलाई तत्काल खाद्य सहयोग आवश्यक भएको बताएको छ ।
अकल्पनीय आर्थिक संकट सामना गरिरहेको टापु मुलुकका हरेक १० जनामा तीन जना खाद्य असुरक्षाको मारमा परेको भन्दै उक्त संस्थाले गर्भवती र स्तनपान गराउने आमाहरू सबैभन्दा बढी प्रभावित भएका बताएको छ । डब्ल्युएफपीले बिहीबार एक विज्ञप्ति निकालेर करिब ६३ लाख सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्नुपर्ने परिस्थिति उत्पन्न भएको पनि बताएको छ ।
डब्ल्युएफपीले देशका बालबालिकालाई विद्यालय भोजन कार्यक्रममा समावेश गर्ने योजना बनाइएको पनि जनाएको छ । औषधि, इन्धनलगायत अत्यावश्यक वस्तुको अभावले पिरोलिएका श्रीलंकालीलाई विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सरकारले खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया