जी७ ले रुसी तेलमा ‘प्राइस क्याप’ लगाउने
लण्डन । ठूला सात औद्योगिक देशहरुको समूह जी७ ले रुसी तेलमा प्राइस क्याप लगाउने भएका छन् । युक्रेनमाथि आक्रमण गर्ने रुसी क्षमता घटाउन प्राइस क्याप लगाउनलागेको सीएनएनले जनाएको छ ।
जी ७ अर्थात् संयुक्त राज्य अमेरिका, जापान, क्यानडा, जर्मनी, फ्रान्स, इटली र बेलायतका अर्थमन्त्रीहरुले विश्वव्यापी रुपमा प्राइस क्यापमाथि हुने रुसी कच्चा तेल र पेट्रोलियम प्रोडक्टहरुको समुद्री निकासी गर्ने सेवालाई प्रतिबन्ध लगाउनसक्ने उल्लेख गरेका छन् । योसँगै आयल शिपमेन्टको लगानी तथा बीमाबापतको रकम पनि रोकिनसक्नेछ ।
यसअनुसार अधिकतम मूल्य विभिन्न देशहरुको सहमतिमा निर्धारण गरिने संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । यसले युरोपेली संघको अर्को चरणको प्रतिबन्धसँगै लागू हुने बताइएको छ । ईयूले डिसेम्बरको सुरुबाट रुसी तेलको समुद्री आयातलाई प्रतिबन्ध लगाउनेछ । रुसले यसअघि नै प्राइस क्याप कार्यान्वयन गर्ने देशलाई तेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
‘हामी त्यस्तो कडाइ गर्ने देशलाई तेल निर्यात नै गर्दैनौँ’, उपप्रधानमन्त्री अलेजेन्डर नोभाकले बिहीबार भने । बाइडेन प्रशासनले धेरै महिनायता प्राइस क्याप लगाउने प्रस्ताव गर्दै आएको छ । तर यता मस्कोले भने चीन, भारतजस्ता देशलाई ठूलो परिमाणमा तेल दिएर अर्बौँ डलर कमाउँदै आएको छ ।
तर जी ७ का अर्थमन्त्रीहरुले भने युद्धलाई जुटाउने पैसा कम गराउन रुसविरुद्ध यस्तो कदम चालिएको बताएको छ । यद्यपि यसलाई कार्यान्वयन र व्यवस्थापन गर्न जटिल हुने देखिएको छ । यसका लागि ठूलो अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्ने हुन्छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया