Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियश्रीलंकाबाट चिया सहयोग

श्रीलंकाबाट चिया सहयोग


कोलम्बो । श्रीलंका सरकारले पाकिस्तानलाई चिया सहयोग गर्ने भएको छ । हालैका हप्ताहरूमा आएको विनाशकारी बाढीपछि पाकिस्तानका बाढीपीडितहरूलाई एक जहाज सिलोन चिया सहयोगस्वरूप प्रदान गरेको श्रीलंकाको सरकारी सूचना विभागले बुधबार जनाएको छ ।

विदेशमन्त्री अली साबरीले श्रीलंकाका लागि पाकिस्तानी उच्चायुक्त उमर फारुक बुर्कीलाई चिया हस्तान्तरण गर्दै बाढी पीडितप्रति सहानुभूति र पाकिस्तानप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया