एप्पलले ल्यायो आईफोन १४ र १४ प्लस
यस्ता छन् फिचर, विशेषता र मूल्य
अमेरिका । चर्चित प्रविधि कम्पनी एप्पलले आईफोन १४ र १४ प्लस सार्वजनिक गरेको छ । कम्पनीले ६.१ इन्च र ६.७ इन्च आकारमा दुई फोन बजारमा अनावरण गरेको हो ।
दुवै फोनमा आकर्षक डिजाइन र क्यामेराको अपग्रेड गरिएको कम्पनीले जनाएको छ । यी फोनमा सुरक्षा क्षमताको नयाँ फिचर पनि ल्याइएको छ । दुवै फोनले उच्च स्तरको तस्बिर र भिडिओ खिच्न सक्छन् । यसको क्यामेरा प्रणालीलाई शक्तिशाली बनाउने क्रममा एप्पलले मुख्य र फ्रन्ट ट्रु डेप्थ क्यामेरा, अल्ट्रा वाइड क्यामेरा राखेको छ ।
दुवै मोडलमा ५ कोर जीपीयूसहितको ए१५ बायोनिक चिप रहेको छ । यसले उच्च प्रस्तुति दिने कम्पनीको भनाइ छ । गोपनीयता र सुरक्षालाई ध्यान दिएर फोनको डिजाइन गरिएको छ । आईफोन १४ र आईफोन १४ प्लसले गम्भीर सुरक्षा क्षमता जस्तै दुर्घटना पहिचान र स्याटेलाइटबाट आकस्मिक एसओएसजस्ता फिचर समावेश छन् । जुन यो उद्योगमै पहिलोपटक राखिएको फिचर भएको एप्पलले जनाएको छ ।
टिकाउ ब्याट्री, ड्युरेबिलिटी फिचरहरु र तीव्र गतिको फाइभजीलगायतका सुविधा भएको आईफोन अहिलेसम्मकै उन्नत रहेको कम्पनीको दाबी छ । दुवै फोनहरु मिडनाइट, ब्ल्यू, स्टारलाइट, पर्पल प्रोडक्ट रेड स्वरुपमा उपलब्ध छन् । आगामी शुक्रबारदेखि अग्रिम रुपमा यी फोन माग्न सकिने कम्पनीले जनाएको छ । त्योसँगै सेप्टेम्बर १६ देखि ग्राहकले नयाँ फोन चलाउन पाउनेछन् । आईफोन १४ प्लस भने अक्टोबर ७ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यी फोनहरु १२८ जीबी, २५६ जीबी र ५१२ जीबी भण्डारण क्षमतामा रहेका छन् । अस्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इटली, जापान, सिंगापुर, स्पेन, थाइल्यान्ड, यूएई, बेलायत, अमेरिका र अन्य ३० भन्दा बढी देशमा अग्रिम माग गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ फोन मलेसिया, टर्की र २० अन्य देशहरुमा सेप्टेम्बर २३ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
आईफोन १४ को मूल्य ३३.२९ अमेरिकी डलर प्रतिमहिना (२४ महिनाको लागि) अर्थात् ७९९ अमेरिकी डलर अमेरिकाको लागि तोकिएको छ । त्यस्तै १४ प्लसको सोही हिसाबले प्रतिमहिना ३७.४५ अमेरिकी डलर वा ८९९ अमेरिकी डलर अमेरिकाका लागि तोकिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया