नयाँ दिल्ली । भारतको थोक मूल्य सूचकांक (डब्लुपीआई) अगष्ट महिनामा १२.४१ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार जनाएको छ ।
‘अल इन्डिया होलसेल प्राइस इन्डेक्स (डब्लुपीआई) नम्बरमा आधारित मुद्रास्फीतिको वार्षिक दर सन् २०२२ को अगस्टमा सन् २०२१को सोही महिनाभन्दा कमी भएको छ । यो १२.४१ प्रतिशत कायम भएको छ । जुलाई २०२२ मा डब्लुपीआईमा आधारित मुद्रास्फीति १३.९३ प्रतिशत रहेको थियो । ‘सन् २०२२ को अगष्टमा खनिज तेल, खाद्य वस्तु, कच्चा पेट्रोलियम तथा प्राकृतिक ग्यास, आधारभूत धातु, रसायन र रासायनिक पदार्थ, बिजुली, खाद्य पदार्थ आदिको मूल्यवृद्धिले मुख्यतया अघिल्लो वर्षको सोही महिनाको तुलनामा मुद्रास्फीतिमा योगदान पु-याएको छ’, विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयका अनुसार अगस्टमा डब्लुपीआई इन्डेक्समा जुलाईको तुलनामा ०.४६ प्रतिशतले कमी आएको छ । थोक बजारमा मूल्यको सूचक डब्लुपीआई मुद्रास्फीति, मुख्यतया विश्वव्यापी रूपमा वस्तुहरूको मूल्यमा तीव्र वृद्धि वा कमीको कारण परिवर्तन हुने गर्छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया