विश्व बैंक भन्छ– ब्याजदर बढ्दा २०२३ मा मन्दी आउन सक्छ
अमेरिका । विश्वका केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका बेला विश्व बैंकले भने अर्को वर्ष यही कारण मन्दी आउनसक्ने बताएको छ । उच्च ब्याजदरकै कारण विश्व अर्थतन्त्रले मन्दीको सामना गर्नुपर्ने हुनसक्ने विश्व बैंकले बताएको हो ।
केन्द्रीय बैंकहरुले विगत पाँच वर्षमा पहिलोपटक धेरै ब्याजदर वृद्धि गरेका थिए । खासगरी बढ्दो महंगी नियन्त्रणका लागि केन्द्रीय बैंकहरुले ब्याजदर बढाएका हुन् । ब्याजदर बढेसँगै सापटी झन् महंगो हुन जान्छ । उपभोग्य वस्तुको मूल्यवृद्धि रोके पनि यसले ऋण लिन उत्तिकै महंगो पर्न जान्छ । यसो हुँदा आर्थिक वृद्धि सुस्त हुन जान्छ ।
विश्व बैंकको यो चेतावनी अमेरिकी केन्द्रीय बैंक र बैंक अफ इंग्ल्यान्डले मौद्रिक नीतिसम्बन्धी बैठक बस्नुअघि आएको छ । प्रस्तावित बैठकले अर्को हप्ता ब्याजदर थप वृद्धि गर्ने अपेक्षा गरिएको छ । गत बिहीबार विश्व बैंकले सन् १९७० मा मन्दीपछि तंग्रिएयता विश्व अर्थतन्त्रमा अत्यन्त सुस्तता आएको बताएको थियो ।
विश्व बैंकले गरेको अध्ययनमा अमेरिका, चीन र युरो क्षेत्रको अर्थतन्त्र एकदमै सुस्त भएको पाइएको छ । यसले समग्र विश्व अर्थतन्त्रमाथि दबाब पार्ने र त्यसले अर्को वर्ष मन्दी छाउनसक्ने देखिएको विश्व बैंकले जनाएको छ । अहिले नै विश्व अर्थतन्त्रमा कठिन अवस्थाको संकेत देखिनथालेको विश्व बैंकले बताएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सामाजिक सुरक्षा कोषमा २९ अर्ब संकलन
- मिडियामा विज्ञापनको भुक्तानी दिन आयोगका कर्मचारीको बार्गेनिङ
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया