बंगलादेशले बालबालिकाको लागि सामाजिक कार्यकर्ता नियुक्त गर्ने
ढाका । बंगलादेश सरकारले समुदायका बालबालिकाको सुरक्षाका लागि छ हजार नयाँ सामाजिक कार्यकर्ता भर्ना गर्ने भएको छ । एक विस्तृत राष्ट्रिय घरधुरी सर्वेक्षणले १५ वर्षमुनिका चार करोड ५० लाख बंगलादेशी बालबालिका (८९ प्रतिशत) नियमित रूपमा घरमा शारीरिक र मनोवैज्ञानिक हिंसाको सिकार हुने गरेको खुलासा गरेपछि बालबालिकाप्रति यो प्रतिबद्धता आएको हो ।
सोमबार राजधानी ढाकामा युनिसेफ र युरोपियन युनियनले संयुक्त रुपमा आयोजना गरेको र प्रधानमन्त्री शेख हसिनाले भर्चुअल माध्यमबाट उदघाटन गरेको ‘बंगलादेशमा बाल संरक्षणसम्बन्धी राष्ट्रिय गोष्ठी’मा बाल संरक्षण सेवालाई सुदृढ बनाउने र सामाजिक कार्यकर्ताको संख्यामा २०० प्रतिशतले वृद्धि गर्ने घोषणा गरिएको हो ।
भिडियो सन्देशमा उनले बाल संरक्षण सेवालाई समुदायस्तरमा उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छिन् । ‘हाम्रो सरकारको उद्देश्य एक व्यावसायिक सामाजिक सेवा कार्यबल निर्माण गर्नु हो जसले बाल हेल्पलाइन १०९८, बाल संरक्षण भत्ता, र स्वयंसेवकहरू, किशोर किशोरीहरू र समुदायका व्यक्तिहरू सम्मिलित समुदायमा आधारित आउटरीच सेवाहरू जस्ता बाल संरक्षण सेवाहरूको कुशल वितरणलाई बढावा दिन्छ ता कि कुनै पनि बच्चा पछाडि नपरोस्’, प्रधानमन्त्री हसिनालाई उद्धृत गर्दै युनिसेफले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बंगलादेशमा ३० लाखभन्दा बढी बालबालिका बालश्रममा फसेका छन् जसमध्ये १३ लाख बालबालिका जोखिमपूर्ण बालश्रममा छन् । पाँचमध्ये एक जना बालबालिकाले प्राथमिक विद्यालय पूरा गर्दैनन् । झण्डै आधाभन्दा बढी बालबालिकाको जन्मदर्ता हुँदैन । त्यस्तै एक लाखभन्दा बढी बालबालिका संस्थागत हेरचाहमा छन् र उनीहरूलाई परिवारको सहयोगको अभाव छ ।’
बंगलादेशका लागि युनिसेफका प्रतिनिधि शेल्डन येटले भने, ‘सामाजिक कार्यकर्ताहरू बालबालिकालाई सबैभन्दा बढी आवश्यक पर्ने समुदायहरूमा गहिराइसम्म पुग्छन् । म बंगलादेश सरकारलाई सामाजिक कार्यकर्ताहरूको संख्यामा नाटकीय वृद्धिको लागि बधाई दिन्छु जसले धेरै भन्दा धेरै बच्चाहरूलाई महत्वपूर्ण व्यावसायिक हेरचाहबाट लाभ उठाउन मद्दत गर्दछ ।’ रासस/सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया