श्रीलंकाले ‘क्रेन अपरेटर’मा थप महिला भर्ती गर्ने
कोलम्बो । श्रीलंकाले ‘क्रेन अपरेटर’मा थप महिला भर्ती गर्ने बताएको छ । श्रीलंकाका बन्दरगाह, पानीजहाज तथा उड्डयन मन्त्री निमल सिरिपाला डी सिल्भाले बन्दरगाहमा काम गर्न थप क्रेन अपरेटर भर्ती गर्न सरकारले अग्रसरता लिने बताएका हुन् ।
बन्दरगाह, पानीजहाज र उड्डयनसम्बन्धी मन्त्रीस्तरीय परामर्श समितिको पहिलो बैठकमा उनले धेरै देशमा महिलाले बन्दरगाहमा क्रेन अपरेटरका रूपमा काम गर्ने गरेको बताउँदै आफ्नो देशमा पनि यसलाई थप प्रोत्साहन गरिने उल्लेख गरे ।
‘श्रीलंकामा थोरै मात्र महिला क्रेन अपरेटर छन् । हामीले चाँडै नै थप भर्ती गर्न आवश्यक छ’, उनले भने । उनले श्रीलंका बन्दरगाह प्राधिकरणको सञ्चालन विस्तार गर्न र दक्षता बढाउन पनि अधिकारीहरूलाई निर्देशन दिए ।
‘कोलम्बो एसियाको सबैभन्दा व्यस्त बन्दरगाहमध्ये एक हो, तर पूर्वाधारमा धेरै पैसा खर्च गरिरहेका अन्य देशसँग प्रतिस्पर्धा गर्ने हो भने हामीले विस्तार गर्न आवश्यक छ’, उनले भने ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया