चीनमा ८३.४ मिटरको रुख सबैभन्दा अग्लो
बेइजिङ । चीनमा रहेका मध्ये ८३.४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरुको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुख सम्बन्धी विवरण आइतवार सार्वजनिक गरेको हो ।
सिन्ह्वाका अनुसार सांघाइ चेन्शन बोटानिकल गार्डेनले देशभरी रहेका रुखहरु मध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । कीर्तिमानी सो सबैभन्दा अग्लो रुखको नाम ‘अबिज एर्नेस्ती वर सालौएनेन्सीस’ राखिएको छ ।
चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने पहाडी भूभाग तिब्बत स्वशासित क्षेत्रमा सो रुख रहेको जनाइएको छ । औसत रुखको उचाइ भने दुई हजार आठ सय रहेको छ । यो सबैभन्दा अग्लो रुखको पहिचान पहिलो पटक गत मे महिनामा गरिएको थियो । चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको इस्ष्टीच्युड अफ बोट्नीले सुरुमा त्यसको पहिचान गरेको हो । त्यही रुख नै देशभरीको सबैभन्दा अग्लो रुख हो भन्ने कुराको दोस्रो पटक गत अगस्टमा पुष्टि गरिएको थियो ।
सबैभन्दा अग्लो रुख पहिचान गर्न ड्रोनको प्रयोग गरिएको थियो । त्यस रुखको मोटाइ भने दुई सय ७ सेन्टीमिटर रहेको छ । यो रुख तीन सय ८० वर्ष पुरानो भएको पनि दाबी गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया