श्रीलंकामा एरोफ्लोटको उडान फेरि सुरु
कोलम्बो । रूसको राष्ट्रिय वायुसेवा कम्पनी एरोफ्लोटको विमान कोलम्बोमा रोकिएपछि अवरूद्ध बनेको सेवा चार महिनापछि प्रतिबन्ध फुकुवा भएपछि सङ्कटग्रस्त श्रीलंकामा सोमबार फर्किएको छ ।
युक्रेनमाथि आक्रमण गर्नुअघि रूस हिन्द महासागरको टापु राष्ट्रको आगन्तुकहरूको सबैभन्दा ठूलो स्रोत थियो । श्रीलंकाका पर्यटन मन्त्री हरिन फर्नान्डोले देशको आतिथ्य उद्योगको लागि अति आवश्यक प्रोत्साहनको रूपमा मस्को–कोलम्बो प्रत्यक्ष उडान सेवाहरू पुनः सुरु भएपछि सेवाको लागि स्वागत गरेका छन् ।
‘यो राम्रो समाचार हो’, उनले भने, ‘मलाई आशा छ कि ‘रूसका छिमेकी देशहरूबाट’ पर्यटकहरूले पनि हप्तामा दुई पटक सेवा प्रयोग गर्नेछन् ।’
कोलम्बोमा हवाइ इन्धनको अभाव र माग घट्दै गएपछि धेरै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले यस वर्ष श्रीलंकामा हवाई सेवा कटौती गरेका छन् । आयरल्याण्डको एक कम्पनीसँगको व्यापारिक विवादमा एयरबस ए–३३० लाई जफत गर्न अदालतले आदेश दिएपछि एरोफ्लोटले गत जुनमा उडान रोकेको थियो ।
सरकारी हस्तक्षेपपछि विमान लाई छोडिएको थियो तर यस घटनाले रूस र श्रीलंका सरकारबीच कुटनीतिक विवाद निम्त्यायो । श्रीलंका अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा छ र आफ्नो पर्यटक राजस्व बढाउने प्रयास गरिरहेको छ किनकि टापुले आफ्नो आवश्यक आयातको लागि भुक्तानी गर्न डलर जुटाउन संघर्ष गरिरहेको छ ।
देशले इन्धनको वितरणलाई आलोपालो गरी व्यवस्थापन गरिरहेको छ तर डलर कमाउने पर्यटन उद्योगलाई बचाउन पर्यटकहरू ओसारपसार गर्ने सवारी साधनहरूको लागि पेट्रोल र डिजेलको अनुमति दिइरहेको छ । कोलम्बोले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलर को विदेशी ऋण तिर्न नसकेपछि कर्जाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग वार्ता गरिरहेको छ । रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया