ओपेकको निर्णयले विश्व अर्थतन्त्रलाई मन्दीमा लैजाने आईईएको चेतावनी
अमेरिका । पश्चिमा देशहरु कच्चा तेल निर्यात गर्ने देशको समूह (ओपेक प्लस)सँग चिढिएका छन् । गत हप्ता कच्चा तेल उत्पादन कटौती गर्ने निर्णय गरेका कारण पश्चिमा देश ओपेक प्लससँग रुष्ट बनेका हुन् ।
अन्तर्राष्ट्रिय ऊर्जा संस्था (आईईए)ले भने मूल्य बढाउन गरिनलागेको कटौतीले विश्व अर्थतन्त्रलाई मन्दीमा डो-याउने चेतावनी दिएको छ । यसअघि नै बढेको महंगी, ब्याजदरमा भएको वृद्धिसँगै तेलको मूल्य बढ्दा त्यसले धराशायी बनिरहेको विश्व अर्थतन्त्रलाई मन्दीमा लैजाने आईईएको भनाइ छ । बिहीबार संस्थाले तेल बजारसम्बन्धी मासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
अर्को वर्ष तेलको मागमा २० प्रतिशतभन्दा धेरैले कमी आउने पनि उसले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले यसअघि नै धेरै मानिसले सन् २०२३ मा मन्दीको अनुभव गर्ने बताएको छ । उसले विश्व आर्थिक वृद्धिदर अनुमान पनि ३.२ प्रतिशतबाट घटाएर २.७ प्रतिशतमा झारेको छ । साउदी अरेबिया र अन्य मुख्य तेल उत्पादकले आपूर्ति कटौती गर्दा विश्वमा तेलको सञ्चिति घट्ने र मूल्य बढ्नेछ । त्यसले ऊर्जा सुरक्षामा जोखिम निम्त्याउने आईईएको भनाइ छ ।
ओपेक प्लसले तेल उत्पादन प्रतिदिन २० लाख ब्यारेलको दरले कटौती गर्ने निर्णय गरेको छ । त्यो भनेको विश्व तेल मागको दुई प्रतिशतजति हो । यसले साउदी अरेबिया र अमेरिकाबीच दूरी बढाउनेछ । अमेरिका ओपेक प्लसको सदस्य रुससँग साउदीले साँठगाँठ गरेको यसअघि नै आरोप लगाइरहेको छ ।
गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले त यही अवस्थामा साउदीसँगको सम्बन्धबारे पुनर्विचार गर्ने बताइसकेका छन् । तर ओपेक प्लसले भने बजार स्थिरताका लागि उत्पादन कटौतीको निर्णय लिएको उल्लेख गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया