बंगलादेशको रुस निर्यात सामान्य अवस्थामा फर्किँदै
ढाका । फेब्रुअरीमा रुस–युक्रेन युद्धसँगै धेरैले बंगलादेशले रुसमा वस्तु निर्यात रोक्ने अड्कल काटेका थिए । किनकि धेरै देशहरुले रुसविरुद्ध आर्थिक प्रतिबन्ध घोषणा गरिरहेका थिए । तर उक्त अड्कलबाजी गलत साबित भएको छ । बंगलादेशको रुसतर्फको वस्तु निर्यात सामान्य अवस्थामा फर्किन लागेको छ ।
वैकल्पिक शिपिङ माध्यम र भुक्तानी प्रणालीका कारण बंगलादेशी निर्यात सामान्य अवस्थामा फर्किएको त्यहाँको अनलाइन पत्रिका द डेलीस्टार अनलाइनले जनाएको छ । पछिल्ला वर्षमा रुस बंगलादेशको उच्च निर्यात सम्भावनायुक्त देखिँदै आएको थियो । तर पछिल्लो युद्धपछि वस्तुहरुको शिपमेन्ट केही समय रोकिनपुगेको थियो ।
चालू आवको पहिलो दुई महिनामा बंगलादेशले रुसमा तीन करोड ३५ लाख २० हजार डलरको वस्तु निर्यात गरेको छ । सन् २०२१/०२२ को सोही अवधिमा बंगलादेशबाट ६३ करोड ८३ लाख अमेरिकी डलरको निर्यात भएको थियो । उक्त वर्ष दुई देशीय व्यापारमा उच्च सुधार भएको थियो ।
युद्धअघि स्थानीय निर्यातकर्ताले चटग्राम बन्दरगाहबाट फिनल्यान्डमा निर्यात गर्दै आएका थिए । ती सबै वस्तु रुसको सेन्ट पिटर्सबर्गमा पुग्थ्यो । तर युद्धपछि अहिले त्यो रुट बिथोलिएको छ । यसको धेरै वैकल्पिक रुट प्रयोग भएको छ । अहिले टर्की, दक्षिण कोरिया, जर्मनी, चीन, हङकङ, सिंगापुर र पोल्यान्ड हुँदै रुसमा पुग्ने गरेका छन् ।
केही निर्यातकर्ताले सिधै रुसमा सामान निर्यात गरिरहेका छन् । उनीहरुले कुनै दुःख र झञ्झट समेत व्यहोर्नु नपरेको बताइएको छ । भुक्तानीमा समेत कुनै पनि कठिनाइ नभएको बताइएको छ । रुसका छवटा बैंकहरुबाट उनीहरुले सिधै भुक्तानी पाइरहेका छन् । यसअघि विश्वव्यापी प्रचलित स्विफ्ट प्रणालीबाट भुक्तानी गर्ने गरिएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- महिन्द्राको ‘ट्रियो र यारी’मा नगद छुट र एक्सचेन्ज अफर
- ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया