पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च
इस्लामाबाद । ‘स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)’ले मुद्रास्फीति नियन्त्रण का लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।
केन्द्रीय बैंकले समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुद्रास्फीतिको दबाब सोचेभन्दा बढी र निरन्तर रहेको एमपीसीको आँकलनमा आधारित भएर यो निर्णय गरिएको हो । डनका अनुसार, यस परिवर्तनसँगै एसबीपी ब्याज दर यस वर्षको लागि कूल ६२५ आधार बिन्दुमा वृद्धि भएको छ । यो दर अक्टोबर र सेप्टेम्बरमा अपरिवर्तित थियो ।’
दक्षिण एसियाली मुलुक अहिले आर्थिक संकटमा परेको र गम्भीर आर्थिक तथा राजनीतिक संकटमा रहेको र वित्तीय नोक्सानीलाई नियन्त्रण गर्नु समयको माग भएको अवस्थामा यो निर्णय लिइएको हो । एसबीपीले मुद्रास्फीति, बढ्दो घरेलु र अन्तर्राष्ट्रिय आपूर्ति समस्याको कारण प्रेरित भइरहेको छ जसले लामो आर्थिक मन्दीको बीचमा मूल्यलाई बढावा दिइरहेको छ ।
एक्सप्रेस ट्रिब्यूनका अनुसार यी अभावहरूले व्यापक मूल्य र ज्यालामा असर पारिरहेको छ, जसले मध्यम अवधिको वृद्धिलाई क्षति पु¥्याउन सक्छ र मुद्रास्फीतिको अनुमानलाई कमजोर पार्न सक्छ । भीषण बाढी र बजेट नियन्त्रण कायम गर्ने प्रयासका बाबजुद, राष्ट्र निरन्तर उच्च मुद्रास्फीतिसँग जुधिरहेको छ । उपभोक्ता मूल्य सूचकांक (सीपीआई) ले अक्टोबरमा २६.६ प्रतिशत को वार्षिक वृद्धि रेकर्ड गरेको छ ।
गत अगष्टमा आएको विनाशकारी बाढीले एक हजार सात सयभन्दा बढी मानिसको ज्यान लिनुका साथै अर्बौं डलरको क्षति पु-याएको थियो । द एक्सप्रेस ट्रिब्यूनका अनुसार पाकिस्तानले आर्थिक वर्ष २०२२ मा करिब ३० अर्ब अमेरिकी डलर रेमिटेन्स प्राप्त गरेको थियो, तर पनि उसले आफ्नो चालू खाता घाटालाई नियन्त्रणमा राख्न सकेन । पाकिस्तानलाई विदेशी दायित्वविरुद्ध भुक्तानी गर्न यस आर्थिक वर्षमा लगभग ३२ अर्ब अमेरिकी डलर आवश्यक छ । विदेशी दायित्वमात्र होइन, बढ्दो मुद्रास्फीतिले पनि स्थानीय जनताका लागि जीवनयापनको खर्च निकै कठिन बनाइरहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया