७० करोड डलरमा बनेको अमेरिकी एयरफोर्सको बी–२१ आणविक बमवर्षक
अमेरिका । अमेरिकी हवाइ बल (एयरफोर्स)ले आफ्नो नवीनतम आणविक स्टिल्थ बमवर्षक विमान बी–२१ सार्वजनिक गरेको छ । योसँगै शीतयुद्धमा पहिलोपटक उडेका अन्य पुराना बमवर्षकलाई यसले विस्थापन गर्नेछ ।
यो लडाकु विमान ३० वर्षयता बनेको पहिलो र नयाँ हो । यसको लागत नै ७० करोड अमेरिकी डलर रहेको छ । यसले आणविक र परम्परागत हतियार प्रयोग गर्न सक्षम रहेको बीबीसीले जनाएको छ । यसका थप विशेषताहरु खुलाइएको छ । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले यो अमेरिकी आविष्कार क्षमताको एक आकांक्षा भएको बताए ।
बी–२१ रेडर जहाज शुक्रबार क्यालिफोर्नियास्थित उत्पादक कम्पनी नर्थ्रप ग्रुम्यानको फेसिलिटीमा एक समारोहका बीच सार्वजनिक गरिएको थियो । अस्टिनले अमेरिकी उडानमा रहेका बमवर्षकभन्दा यो निकै परिष्कृत रहेको बताए । अत्याधुनिक हवाइ प्रतिरक्षा प्रणालीले समेत यसलाई आकाशमा अनुगमन गर्न नसक्ने उनको भनाइ छ ।
‘यो विमानमा लो–अब्जर्भेवल प्रविधिमा ५० वर्ष लामो परिष्कृति समावेश भएको छ’, उनले भने । ‘ओपन सिस्टम आर्किटेक्चर’सँगै यो विमान निर्माण गरिएको र यसले अहिले आविष्कार नै नभइसकेका नयाँखाले हतियार पनि प्रयोग गर्न सक्ने उनको भनाइ छ । समारोहमा मानवरहित उडानको सम्भावनाबारे केही नबताइए पनि एक जना अमेरिकी एयर फोर्सकी प्रवक्ताले भने यो विमान त्यसको सम्भावनायुक्त रहेको तर यसबारे अहिले नै केही निर्णय नलिइएको बताइन् ।
यो विमानले पहिलो उडान अर्को वर्षमात्रै गर्न सक्ने बताइएको छ । यसले बी–१ र बी–२ मोडललाई विस्थापित गर्नेछ । साथै यसको उडानमा दुई खर्ब तीन अर्ब खर्च हुनेछ । पूर्णरुपेण यसको विकास गर्न, किन्न र आगामी ३० वर्षभित्र सञ्चालन गर्न उक्त रकम खर्च हुने ब्लुमबर्गले जनाएको छ । अहिलेलाई नयाँ विमान छवटा बनिरहेको उत्पादकले जनाएको छ । ती सबैमा अर्को पुस्ताको स्टिल्थ फिचरहरु प्रयोग गरिने उत्पादक कम्पनीले जनाएको छ । अमेरिकी एयरफोर्सले कम्तीमा सय यसखाले विमान किन्ने योजना बनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया