Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबल्ल शून्यमा झ-यो दिल्लीमा कोभिड–१९

बल्ल शून्यमा झ-यो दिल्लीमा कोभिड–१९


नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा राष्ट्रिय राजधानीमा कोभिड–१९ का कुनै नयाँ बिरामी अभिलेख भएको छैन । सन् २०२० को मार्चमा महामारी सुरु भएदेखि यहाँ संक्रमण शून्यमा झरेको पहिलो पटक हो ।

एएनआईका अनुसार दिल्ली स्वास्थ्य विभागले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार कोभिड–१९ पोजेटिभ दर ०.०० प्रतिशत रहेको तथा बितेका २४ घण्टामा संक्रमित नभेटिए पनि सहरमा सक्रिय बिरामी १० जना छन् । सोही अवधिमा नौ जना कोभिडका बिरामी स्वास्थ्य लाभ गरेर घर फर्केका तथा देशभर उक्त संख्या १९ लाख ८० हजार सात सय ८१ पुगेको छ । चार करोड छ लाख ५० हजार एक सय १९ जनाले परीक्षण गराएका छन् ।

देशभर जारी खोप अभियान प्रभावकारी रहेको जनाउँदै विभागले १५ जनालाई पहिलो डोज, ३२ जनालाई दोस्रो र १०३ जनालाई सावधानीको डोज लगाइएको छ । हालसम्म तीन करोड ७३ लाख ७० हजार छ सय छ सय ३६ जनाले खोप लगाइसकेका छन् । नयाँदिल्लीमा फैलिएका कोभिडका तीन लहरमध्ये सन् २०२१ को अप्रिल–मेको दोस्रो लहर सबैभन्दा घातक थियो । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया