Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोनाका बिरामी घटे

भारतमा कोरोनाका बिरामी घटे


नयाँ दिल्ली । अघिल्ला दुई दिनको तुलनामा बिहीबार भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा बिहीबार कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने बिहीबार नौ हजार तीन सय ५५ जना सङ्क्रमणको शिकार भएका प्रयोगशाला परीक्षणबाट प्रमाणित भएको छ । यो सङ्क्रामक रोगबाट आज २६ जनाले ज्यान गुमाएका छन् । मंगलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए ।

हाल भारतमा ५७ हजार चार सय १० जना सक्रिय सङ्क्रमित छन् भने चार करोड ४३ लाख ३५ हजार नौ सय ७७ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्यलाभ गरेका उक्त मन्त्रालयले जनाएको छ । रासस/पीटीआई


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया