Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदआइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ नेपालले गुमायो पाचौँ विकेट

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ नेपालले गुमायो पाचौँ विकेट


काठमाडौं,आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको खेलमा नेपालले पाचौँ विकेट गुमाएको छ । भिडिल अडर ब्याटर भिम सार्की ६७ रन बनाएर आउट भएका छन् । यसअघि ओपनर ब्याटर कुशल भुर्तेल ५० रन बनाएर आउट भएका थिए । अहिले गुलशन झाले आरिफ शेखसँग मिलेर नेपालको इनिङलाई अगाडी बढाइरहेका थिए । आरिफ शेख ३८ रन बनाएर खेलीरहेका छन् । भने गुलशनले ३ रन बनाएर उनलाई साथ दिइरहेका छन् । नेपालले ओपनर आसिफ शेख ०,कुशल मल्ल ५ र कप्तान रोहित पौडेल १६ रनमा कुशल भुर्तेल ५० र भिम सार्की ६७ रन गुमाईसकेको छ ।

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अन्तिम निर्णायक खेलमा यूनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपाललाई जितका लागि तीन सय ११ रनको बिशाल लक्ष्य दिएको थियो ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया

ताजा अपडेट