Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालराजस्व कार्यालयमा उद्योग वाणिज्य संघको हेल्प डेस्क

राजस्व कार्यालयमा उद्योग वाणिज्य संघको हेल्प डेस्क


बाँके, साउन ४
नेपालगञ्ज उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालयमा बिहीबार हेल्प डेस्क स्थापना गरेको छ । कर कार्यालयसँग सम्बन्धित व्यावसायिक समस्या समाधानको सहजीकरणका लागि हेल्प डेस्क स्थापना गरिएको संघले जनाएको छ । संघका अनुसार असोज मसान्तसम्म उक्त हेल्प डेस्क सञ्चालन हुनेछ भने त्यसका लागि दुई जना कर्मचारी खटाइएको छ ।

हेल्प डेस्कको आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत प्रकाश पौडेल र संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संयुक्तरुपमा उद्घाटन गरेका थिए । संघले हरेक वर्ष हेल्प डेस्क स्थापना गर्दै आएको महासचिव चिरञ्जीवी ओलीले बताए । हेल्प डेस्क समन्वय समितिका संयोजक सलाउद्दिन जसगढले हेल्प डेक्सले कर कार्यालयसंग सम्बन्धित व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया