Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालको अंग्रेजी संस्करणको अद्यावधिक नक्सा स्वीकृत

नेपालको अंग्रेजी संस्करणको अद्यावधिक नक्सा स्वीकृत


काठमाडौं, साउन ३२
नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा शुक्रबार स्वीकृत गरेकी हुन् । नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गरेको उक्त नक्सा शुक्रबार मन्त्रालयबाट स्वीकृत गरिएको हो ।

विगतमा विभिन्न कारणले छुटाइएको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो । सोही नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो ।

नेपालको अद्यावधिक नक्सा जारी भएसँगै विश्वजगत्मा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउनु जरुरी रहन्छ । त्यसैले उक्त प्रयोजनका लागि अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जानकारी दिएको छ । अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्रसंघ, कूटनीतिक नियोगहरु, समग्र अन्तर्राष्ट्रियजगत्मा पठाउनका निम्ति बाटो खुलेको मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् ।

अंग्रेजी संस्करणको नक्सा संयुक्त राष्ट्रसंघ, विभिन्न कूटनीतिक नियोग, समग्र अन्तर्राष्ट्रिय समुदायमा पठाउनका निम्ति बाटो खुलेको र परराष्ट्र मन्त्रालयमार्फत पठाइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x