Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपहिरो पीडितलाई स्कुल अफ डेमोक्रेसीको खाद्यान्न सहयोग

पहिरो पीडितलाई स्कुल अफ डेमोक्रेसीको खाद्यान्न सहयोग


सुबास बस्नेत
दोलखा, भदौ १२
भीमेश्वर नगरपालिकाभित्रका पहिरोपीडितलाई स्कुल अफ डेमोक्रेसी जिल्ला शाखा दोलखाले खाद्यान्न सामग्री वितरण गरेको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर सातका पहिरोपीडित ३२ घरपरिवारलाई बिहीबार संस्थाले खाद्य सामग्री वितरण गरेको हो । स्कुल अफ डेमोक्रेसी दोलखाका अध्यक्ष प्रभुराम श्रेष्ठको आर्थिक सहयोग तथा उपाध्यक्ष भीम खड्काको संयोजकत्वमा पहिरो प्रभावित ३२ घरपरिवारलाई ३२ बोरा चामल, ६४ प्याकेट नुन, ६४ किलो दाल वितरण गरिएको हो ।

गत साता गएको पहिरोले भीमेश्वर नगरपालिका वडा सातमा ४ घरपरिवार पहिरोले विस्थापित बनेका छन् । त्यस्तै २८ घरपरिवार भने पहिरोले सामान्य प्रभावित बनेका छन् । राहत वितरण गर्दै नागरिक समाज दोलखाका अध्यक्ष दीपशंंकर चौलागाईंले आगामी दिनमा पनि यस क्षेत्रका पहिरो पीडितलाई राहत दिलाउन पहल गर्ने बताए । त्यसै संस्थाका उपाध्यक्ष भीम खड्काले जिल्लाका अन्य क्षेत्रका पहिरो पीडितलाई पनि राहत वितरण गर्ने बताए । स्कुल अफ डेमोक्रेसी दोलखाले उक्त क्षेत्रमा ८० हजार रुपैयाँबराबरको राहत वितरण गरेको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया