Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालराष्ट्रिय निर्माण दिवसको अवसरमा रक्तदान कार्यक्रम

राष्ट्रिय निर्माण दिवसको अवसरमा रक्तदान कार्यक्रम


काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघले १३औँ राष्ट्रिय निर्माण दिवस २०७७ को अवसरमा राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । महासंघ सचिवालयमा सोमबार भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । रक्तदान जीवनदान भन्ने मूल मर्मलाई आत्मसात् गर्दै, कोरोना कहरको विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै कार्यक्रम सञ्चालन गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

विगतमा निर्माण दिवसमा प्रभातफेरी, एफक्यान अवार्डलगायतका राष्ट्रियस्तरका कार्यक्रम आयोजना गरिए पनि यस वर्ष कोरोना महामारीका कारण महासंघले रक्तदान मात्र आयोजना गरेको हो । रक्तदाताहरूलाई महासंघका अध्यक्ष रवि सिंहलगायतका पदाधिकारीहरूले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । जिल्ला निर्माण व्यवसायी संघहरूले अन्य विविध सामाजिक कार्यहरू मात्र गरी निर्माण दिवस मनाएका छन् । महासंघले प्रत्येक वर्ष मंसिर २२ मा आफ्नो स्थापना दिनमा विविध कार्यक्रम गर्दै राष्ट्रिय निर्माण दिवस मनाउँदै आएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया