Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालफाप्लु विमानस्थलबाट चार लाख किलोभन्दा बढी कार्गो ढुवानी

फाप्लु विमानस्थलबाट चार लाख किलोभन्दा बढी कार्गो ढुवानी


सोलुखुम्बु ।
सोलुखुम्बुको जिल्ला सदरमुकामा रहेको फाप्लु विमानस्थलबाट चालू आर्थिक वर्षको पहिलो ५ महिनामा चार लाख किलोभन्दा बाढी कार्गो सामग्री ढुवानी भएको छ । सो सामान जिल्लाका माथिल्लो क्षेत्र लुक्लामा ढुवानी गरिएको छ । साउन १ गतेदेखि मंसिर मसान्तसम्म फाप्लुबाट चार लाख ८१ हजार चार सय २६ किलो कार्गो लुक्ला ढुवानी गरिएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ ।

फाप्लु विमानस्थल कार्यालयका प्रमुख प्रकाश शर्माका अनुसार उक्त सामग्रीहरू तारा र समिट एयरको जहाजमार्फत ढुवानी गरिएको हो । ढुवानी गरिएका सामग्रीहरूमा अधिकाशं काठ रहेका छन् भने केही मात्रामा निर्माण सामग्रीका साथै केही खाद्यन्न सामग्रीसमेत रहेको बताइएको छ ।

विमानस्थल कार्यालयका अनुसार सबैभन्दा भदौ महिनामा एक लाख ४० हजार छ सय २० किलो ढुवानी भएको छ । यस्तै असोज महिनामा एक लाख ३४ हजार छ सय ६२ किलो, साउनमा एक लाख २८ हजार ८२ किलो, कात्तिक महिनामा ४७ हजार दुई सय १५ र मंसिरमा २७ हजार एक सय ६५ किलो कार्गो ढुवानी भएको कार्यलयले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया