Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालथप एक सय ८८ जनामा कोरोना सङ्क्रमण

थप एक सय ८८ जनामा कोरोना सङ्क्रमण


काठमाडौं ।
पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढेपछि नेपालका तराईका जिल्लामा त्रास फैलिएको छ । भारतमा कोरोना फैलिन थालेपछि त्यहाँ रहेका नेपालीहरु धमाधम नेपाल प्रवेश गर्न थालेका छन् । यसले सबैतिर कोरोनाको त्रास बढाएको छ । मंगलबार देशभर थप एक सय ८८ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ३२ जनाको पीसीआर परीक्षण गरिएकामा एक सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार एक सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै कोरोना निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ९६ पुगेको छ । निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको छ । गत २४ घण्टामा कोरोना मृत्युदर शून्य रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १९ पुगेको छ । अहिले देशभर एक हजार एक सय २८ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ४८ जना संस्थागत क्वारेन्टाइनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख ४५ हजार ३० को पीसीआर परीक्षण भएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया