Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालफुटवेयर बिजनेस एक्स्पो सुरु

फुटवेयर बिजनेस एक्स्पो सुरु


काठमाडौं । एफम्यान फुटवेयर बिजनेस एक्स्पो २०७८ शुक्रबारबाट सुरु भएको छ । ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु भएको एक्स्पोको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका हुन् । कार्यक्रममा ढकालले जुत्ता चप्पलमा नेपाल आत्मनिर्भर बन्दै गएकोले स्वदेशी उत्पादनका जुत्ता चप्पलको कारोबार गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै उनले आफ्नो देशको उत्पादन प्रयोगबाट मात्र समृद्धिको पहल गर्न सकिने र आफ्नै स्वदेशी वस्तुको प्रयोग र निर्यात बढाए मात्र व्यवसायी सँगसँगै देश पनि उँभो लाग्ने बताए । फुटवेयर म्यानुफ्याम्चरर्स एसोसिएसन अफ नेपालले हरेक वर्ष गर्दै आइरहेको एक्स्पो यसपालि पनि प्रदर्शनीमार्गस्थित भृकृटीमण्डपमा आयोजना गरेको हो ।

मेलामा नेपालका चर्चित ३० वटा कम्पनीहरुका तीन हजारथरीका जुत्ता चप्पलहरु राखिएको छ । ६० वटाभन्दा बढी स्टलहरु रहेको मेलामा उपभोक्ताले छानीछानी सस्तो मूल्यमा गुणस्तरीय जुत्ता चप्पल खरिद गर्न सक्नेछन् । मेला १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउनुका साथै नयाँ–नयाँ मोडेलका जुत्ता तथा चप्पल, बालबालिका तथा लेडिज जुत्ता चप्पल उपलब्ध छ । मेला आगामी मंसिर १३ गतेसम्म चल्नेछ । संघको आयोजनाको यो तेस्रो व्यापारिक मेला हो । वर्षमा दुई पटक काठमाडौँमा र हरेक प्रदेशमा वर्षमा एक पटक व्यापारिक मेला आयोजना गर्नेसंघको नीतिअनुसार यो वर्षको पहिलो मेला शुक्रबारबाट सुरु भएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया