Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनर्भिकमा युरोलोजीको विशेष टिम र बालरोग विशेषज्ञले निःशुल्क ओपीडी सेवा दिने

नर्भिकमा युरोलोजीको विशेष टिम र बालरोग विशेषज्ञले निःशुल्क ओपीडी सेवा दिने


काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् ।  नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिष्ट डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् ।

विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. ढकालको ओपीडीबाट लाभ लिन सक्नेछन् । यस्तै, प्रोस्टेट ग्रन्थी, मिर्गौला, मूत्रनली, मूत्रथैलीमा पत्थरी भएका लगायतका समस्या भएका बिरामीहरुले डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमको ओपीडीबाट लाभ लिन सक्नेछन् ।  डा. श्रेष्ठसँगै डा. सञ्जीव श्रेष्ठलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेत रहनेछन् ।

शनिबारको निःशुल्क ओपीडीमा सहभागी हुने बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरुलाई सहुलियत दरको व्यवस्था मिलाइने समेत नर्भिक अस्पतालले जनाएको छ । शनिबार बालरोग विशेषज्ञ डा. ढकालले बिहान १० देखि १२ बजेसम्म र डा. श्रेष्ठ नेतृत्वको युरोलोजी टिमले बिहान १० बजेदेखि ११ बजेसम्म निःशुल्क ओपीडी सञ्चालन गर्नेछन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया