Techie IT
×
गृहपृष्ठनेपालसोलु करिडोरको प्रसारणलाइन सोमबारबाट सञ्चालनमा आउने

सोलु करिडोरको प्रसारणलाइन सोमबारबाट सञ्चालनमा आउने


सोलुखुम्बु । बहुप्रतीक्षित सोलु कोरिडोर १३२ केभी वप्रसारणलाइन सोमबारबाट सञ्चालनमा आउने भएको छ । परीक्षण प्रसारणको क्रममा कुनै अवरोध नभएकाले फागुन २ गते सोमबारबाट सञ्चालन गर्ने तयारी भइरहेको आयोजना प्रमुख जर्नादन गौतमले जानकारी दिए ।

उनका अनुसार वन तथा वातावरण मन्त्रालयबाट पछिल्लो चार वर्षमा बढेका रुखबिरुवा कटानको स्वीकृति आउन समय लाग्ने देखिएपछि हाँगाबिँगा कटान गरेरै भए पनि वप्रसारणलाइन सञ्चालनमा ल्याउने तयारी गरिएको हो । जसका लागि अहिले रुखबिरुवाको हाँगा कटान गर्ने कार्य भइरहेको छ । आयोजनाको काम करिब एक महिनाअघि नै सम्पन्न भए पनि रुट क्षेत्रमा रुखबिरुवाको संख्या बढेपछि पुनः कटानको स्वीकृति लिने प्रक्रिया अघि बढाउँदा समय लागेको आयोजनाले जनाएको छ । प्राधिकरणले वन क्षेत्रको रुटमा हुर्किएका र थपिएका रुख कटानका लागि गरेको प्रस्ताव मन्त्रालयमा पुगिसकेको छ ।

वन क्षेत्रमा हुर्किएका र बढेका तीन सय ६४ रुखबिरुवा कटानका लागि प्रस्ताव पेस गरेको छ । सन् २०१६ को सेप्टेम्बर २५ बाट यो वप्रसारणलाइनको निर्माण सुरु गरेको थियो । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिङ्लासम्म ९० किलोमिटर वप्रसारणलाइन निर्माण गरिएको छ । वप्रसारणलाइनको रुटमा तीन सय दुर्ईवटा टावर निर्माण भएका छन् । आयोजनाले यसअघि तिङ्लादेखि उदयपुरको घुर्मीसम्मको ४२ किलोमिटर खण्डको परीक्षण गरेको थियो । उक्त परीक्षण सफल भएपछि आइतबार बाँकी खण्ड उदयपुरदेखि सिराह सम्मको क्षेत्रमा परीक्षण गरिने जनाइएको छ ।

प्रसारणलाइन सञ्चालनमा आउनासाथ २३ दशलमव ५ मेगावाटको सोलु खोला आयोजनाको विद्युत् प्रवाह हुनेछ । विसं २०७६ चैतदेखि सञ्चालनमा आएको आयोजना वप्रसारणलाइनको समस्याकै कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । हिउँदमा समस्या नभए पनि बर्खामा १७ मेगावाट विद्युत् खेर गइरहेको थियो । सोही वप्रसारणलाइनमा प्रवाह हुनेगरी निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलु दुधकोशी, १९ दशलमव ८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको बेनीलगायत आयोजनाको काम भइरहेकोे छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया