Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिने

एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिने


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । पालिकाले यसवर्षदेखि सञ्चलानमा ल्याएको विद्यार्थी प्रोत्साहन कार्यक्रमअन्र्तगत पालिकाभित्रका विद्यार्थीलाई सम्मान गर्न लागेको हो ।

गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गरेर २०७८ सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याएर एसईई पास गरेका ३४ जना विद्यार्थीलाई सम्मान गर्ने जनाएको छ । उच्चशिक्षा अध्ययन गर्न प्रोत्साहन होस् भन्ने उद्देश्यले उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी र जिल्ला प्रथम हुने एक विद्यालयलाई सम्मान गर्ने भएको बैतेश्वर गाउँपालिका शिक्षा शाखाका सहायक प्राविधिक जनक अधिकारीले जानकारी दिए । गाउँपालिकाले जिल्ला प्रथम हुने एक छात्र र एक छात्रालाई नगद ५०/५० हजार रूपैयाँदरले प्रोत्साहन स्वरूप सम्मान गर्न लागेको हो । त्यस्तै तीन दशमलव ६ देखि ४ जीपीए ल्याउने पाँच जना विद्यार्थीलाई नगद २० हजार, ३ दशमलव दुईदेखि ३ दशमलव ६ जीपीए ल्याउने २७ जना विद्यार्थीलाई १० हजार रूपैयाँका दरले प्रोत्साहन स्वरूप सम्मान गर्न लागेको पालिकाले जनाएको छ । यस्तै गाउँपालिकाले विद्यार्थीलाई जिल्ला प्रथम गराउन सफल एक विद्यालयलाई पनि नगद ५० हजारसहित सम्मान गर्न लागेको छ ।

बैतेश्वर गाउँपालिकाले चालू आर्थिक वर्षमा गुणस्तरीय शिक्षाको विकास तथा विद्यालय र विद्यार्थी प्रोत्साहनको लागि एक करोड २० लाख ७१ हजार बजेट विनियोजन गरेको छ । त्यस्तै पालिकाभित्रका बालविकास सहजकर्ताको प्रोत्साहन गर्न ४५ लाख, शैक्षिक क्यालेन्डर छपाइ गर्न तीन लाख, दिवाखाजाको लागि १३ लाख ५० हजार रकम विनियोजन गरेको छ । त्यस्तै पालिकाले शिक्षाको गुणस्तरसँगै विद्यार्थीलाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्न पनि बजेट विनियोजन गरेको छ । यसैगरी एमबीबीएस डाक्टर अध्ययनको लागि विद्यार्थीलाई प्रोत्साहन दिन १५ लाख बजेट विनियोजन गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x