काठमाडौं । मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्ट्सले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद एक लाख रुपैयाँ पुरस्कार पाएकी हुन् । प्रतियोगितामा फस्र्ट रनर अप पूर्णिमा प्रजापती र सेकन्ड रनर अप दा लामु शेर्पा भएकी छिन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो पेले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक मण्डलमा ध्रुव बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए । मिस नेसन नेपालको यो पहिलो संस्करण हो ।
आयोजकको अनुसार हरेक वर्ष मिस नेसन नेपाल सञ्चालन गरेर महिलाहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य राखेको बताए । यस्तै प्रतियोगितामा भ्युअर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पूर्णिमा प्रजापती, मिस फ्रेन्डली मरिना ढुङ्गेल, मिस कन्फिदेन्स श्वेता शर्मा, मिस ट्यालेन्ट कोमल पौडेल, मिस मल्टीमिडिया आरती सर्राफ, मिस डिसिप्लिन अन्जु थामी, बेस्ट पर्सनालिटी संगम बस्नेत, मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको थियो ।
कार्यक्रम थापाथलीस्थित ब्लुबर्ड मलमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बस्यालले गरेका थिए । कार्यक्रम सञ्चालन रोहित भट्टले गरेका थिए । विभिन्न फेसन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया