सरकार र ‘माटो जोगाऔँ’ अभियानबीच सम्झौता हुने
काठमाडौं । सदगुरुको नामले चर्चित जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ अभियानले नेपाल सरकारसँग सम्झौतामा हस्ताक्षर गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालय र ‘माटो जोगाऔँ’बीच शुक्रबार ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा सम्झौता हुने भएको हो ।
माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नको लागि ईशा फाउन्डेसन नामको लाभरहित मानवसेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहन विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्न हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य छ । माटोको विनाशको सफ्टलाई सबैसामु छर्लङ्ग पार्नको लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा सय दिने यात्रा सुरु गरेका थिए । यात्राको सुरुवातदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन् । छ क्यारिबियन राष्ट्रहरू, अजरबैजान, युएईलगायतका राष्ट्रहरूले माटो जोगाउन सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर समेत गरिसकेका छन् भने पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरू आयूसीएन, संयुक्त राष्ट्रसंघीय संस्थाहरू यूएनसीसीडी, डब्ल्यूएफपी तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।
गोदावरी सनराइज सम्मेलन केन्द्रमा शुक्रबार हुने सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा सद्गुरुले तत्काल माटो जोगाउन किन आवश्यक छ भन्नेबारे सम्बोधन दिने कार्यक्रम समेत रहेको छ । नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयअन्तर्गतका मन्त्रीहरू तथा पाँच हजारभन्दा बढी मानिसहरू उपस्थित हुने आयोजकको अपेक्षा छ । विश्वभर माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित हुनुपर्ने कुराको प्रचारप्रसार आफ्नो सामाजिक दायित्व भएको भन्दै नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने तयारी रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया