Techie IT
×
गृहपृष्ठनेपालअमेरिकन चेम्बर अफ कमर्स नेपालको पहिलो वार्षिक साधारणसभा

अमेरिकन चेम्बर अफ कमर्स नेपालको पहिलो वार्षिक साधारणसभा


काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स नेपालले गत हप्ता काठमाडौंमा आफ्नो पहिलो वार्षिक साधारणसभा आयोजना गरेको छ । चेम्बरका अध्यक्ष अजित शाहको नेतृत्वमा भएको उक्त बैठकमा मेटलाइफका निर्मलकाजी श्रेष्ठ, जीओ अटोमोबाइल्सका आकाश गोल्छा, पठाओका असिममान सिंह बस्न्यात, नेपाल, अम्बरकार सफ्टवेयरबाट अतुल्य रिसाल, आईसीटीसी होल्डिङ्सबाट जयदिन श्रेष्ठ, लीपफ्रग टेक्नोलोजीबाट कैलाश विजयानन्द र अभिनवा ल चेम्बर्सबाट सेमन्त दाहाल लगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।

सभामा तीन समितिका विकास सम्बन्धित जानकारी समितिका सदस्यहरूले प्रस्तुत गरेका थिए, जसलाई बोर्डले वार्षिक समीक्षा र वित्तीय विवरणसहित अनुमोदन गरेका थिए । साथसाथै सञ्चालक समितिका अध्यक्ष र सदस्यहरू अर्को साधारणसभासम्मका लागि पुनः निर्वाचित भएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया