नेपाल–कोरिया मैत्री अस्पताल बनाउन सम्झौता
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउनेसम्बन्धी सम्झौता भएको छ । नेपाल सरकार र गणतन्त्र कोरियाबीच अस्पताल निर्माणसम्बन्धी सम्भौता भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख (एक अर्ब २५ करोड ४० लाख रुपैयाँ) लगानी गरिने भएको छ । आगामी पाँच वर्ष (सन् २०२७) मा पूरा गरिसक्ने लक्ष्य रहेको सो परियोजनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि सहकार्य रहेको छ । अस्पताल निर्माणमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र मध्यपुर थिमि नगरपालिकाले सहयोग गर्ने भएका छन् । सम्झौताअनुसार नगरपालिकाले अस्पतालको छेउमा रहेको जग्गामा एक सय ५० शय्याको नयाँ अस्पताल निर्माण गर्ने र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउनेलगायतको विषय रहेको बताइएको छ ।
हस्ताक्षर कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेलले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गरे । यो परियोजनालाई सफलरूपमा कार्यान्वयनमा ल्याउन सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
नेपालका लागि कोरियाली राजदूत पार्क ते–योङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने बताए । परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा गरेको उनले उल्लेख बताए । द्विपक्षीय कूटनीतिक सम्बन्धको ५०औंँ वर्षगाँठ मनाउन कोरिया इन्छुक रहेको पनि उनको भनाइ थियो ।
अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले कोरियाली सरकार नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गरे । कोइकाका निर्देशक कोङ मुहओनले कोइका नेपालका विभिन्न स्वास्थ्य परियोजना कार्यान्वयनमा सक्रिय रहेको र हरेक परियोजनाले विशिष्ट उपलब्धि हासिल गरिरहेको बताए । अस्पतालको दोस्रो चरणको सेवाले सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र भक्तपुर तथा आसपासका जिल्लाका आर्थिकरूपमा कमजोर नागरिकका लागि विशिष्टिकृत स्वास्थ्यसेवामा पहुँच पु¥याइने उनले जानकारी दिए ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कोइका र उक्त अस्पतालका प्रतिनिधिको उपस्थिति थियो । सो परियोजनाअन्तर्गत गुणस्तरीय अस्पताल व्यवस्थापन, सङ्क्रमण नियन्त्रण र स्वास्थ्य क्षेत्र सुधारका लागि पूर्वाधार तयार गर्ने तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने जनाइएको छ ।
क्याटेगोरी : नेपाल, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया