Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषन्युजर्सीमा बुद्धको कलात्मक चिबा स्थापना

न्युजर्सीमा बुद्धको कलात्मक चिबा स्थापना


न्युजर्सी । अमेरिकाको न्युजर्सीस्थित बुद्धिस टेम्पलको पिस गार्डनमा बुद्धका चारवटा मूर्तिको चिबा स्थापना गरिएको छ ।
विगत ३० वर्ष अगाडिदेखि समाजसेवी तथा नेपाली कला, संस्कृति, धर्मको रक्षा, प्रचार र संरक्षणका लागि प्रयासरत डा. तुुुल्सी महर्जनले फ्रेन्ड्स अफ नेपाल न्युजर्सी नामक संस्था स्थापना गरी वर्षभरी धार्मिक एवं सामाजिक कार्यक्रम गर्दै आएको उक्त गार्डनमा बुद्धका अरु मूर्ति पनि स्थापना गर्नु भएको छ ।

हालै स्थापना गरिएको उक्त विशेष प्रकारको ढुंगामा बनाएको उक्त कलात्मक मूर्ति जसमा तल कमलको फूूल र माथि बुद्धको चारैतिर फर्केको विशेष मूर्तिलाई नेवा भाषामा चिबा भनिन्छ ।

उक्त मूर्तिका दाता हाल न्युजर्सी निवासी विजय मानन्धर र उनकी श्रीमती सरद मानन्धरको २५ वर्षको वैवाहिक वर्ष गाँठको उपलक्ष्यमा पाँच हजार अमेरिकी डलर प्रदान गरी स्थापना गरिएको हो ।

उक्त चिबा स्थापना गर्नका लागि भिक्षु डंगम्पोल सिरिरतन महास्थवीर र भिक्षु विनित महास्थवीरले परितान गरी मुख्य दाताद्वयलाई शुभकामना दिई पूजा गरी दियो बाली चिमाको गजुर राखेपछि उपस्थित सबैले चिबामा तेलको लेप लगाई पूजा सम्पन्न गरेका थिए ।
उक्त चिबा ललितपुर खोकना निवासी मूर्तिकार चन्द्रश्याम डंगोलले बनाएको वरिष्ठ कलाकार एवं फ्रेन्ड्स अफ नेपाल न्युजर्सीका कल्चर एम्वेसेडर कविमा महर्जनले जानकारी गराए ।

 


क्याटेगोरी : बिशेष, समाचार

तपाईको प्रतिक्रिया