Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिराष्ट्रपति पौडेलको स्वास्थ्य उपचारका लागि करिब १० लाख निकासा

राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारका लागि करिब १० लाख निकासा


काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका लागि करिब १० लाख रुपैयाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म दिइएको आर्थिक सहायताको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा नौ लाख ९५ हजार नौ सय ३५ रुपैयाँ निकासा गरेको जानकारी दिएको हो ।

अर्थ मन्त्रालयका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ बमोजिम उक्त रकम निकास गरिएको हो ।


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया