Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाकुनेलाई किन चाहियो नीजगढ विमानस्थल ?

माकुनेलाई किन चाहियो नीजगढ विमानस्थल ?


एमाले फुटाएर सत्ताको च्याखे थापिरहेका माकुने भनिने माधव कुमार नेपालले निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको प्रकृया अघि नबढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रति असन्तृष्टी देखाएका छन् । हुन त त्यो असन्तृष्टी देखावटी पनि हुनसक्छ । आपसी सहमतिमै त्यो असन्तृष्टी देखाएर निजगढ विमानस्थल निर्माण प्रकृया अघि बढाउने वाहना बनाइएको नहोला भन्न पनि सकिंदैन किनकि त्यसको निर्माण प्रकृया अघि बढाउने वाहना बनाइएको नहोला भन्न पनि सकिंदैन किनकि त्यसको निर्माण हुँदा कमिशन आउँछ ।

कमीशन पाउने कुरामा प्रधानमन्त्री प्रचण्डको पनि असहमति नहोल त्यसो त निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि नबढाइएको असन्तृष्टी देखाउने माकुने मानिसको रगत स्वाद लिइसकेको बाँघ जस्ता नेता हुन् । उनीसँग पोखरा र भैरहवा विमानस्थल निर्माण प्रक्रियाको स्वाद अहिले पनि जिव्रोमा झुण्डीरहेको होला तर ती एयरपोर्ट नचलेर कुन हालतमा छन् कसैबाट छिपेको छैन । निर्माण  हुनु थियो,चलोस वा नचलोस के मतलव ? होइन  र प्रदीप जी ?


क्याटेगोरी : समाचार, सुलसुले

तपाईको प्रतिक्रिया