Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश २ मा शनिबार १ सय १७ जनामा कोरोना पुष्टि

प्रदेश २ मा शनिबार १ सय १७ जनामा कोरोना पुष्टि


बटुकनाथ झा
जनकपुरधाम, साउन २५
प्रदेश २ मा थप १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय १७ जना थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ३१ पुगेको छ । शनिबार दुई महिला तथा दुई पुरुषसहित जनकपुरमा थप ४ जनामा संक्रमण पुष्टि भएको छ । यसका साथै धनुषाकै सहिदनगर नगरपालिका क्वारेन्टाइनका ५, मुखियापट्टी मुसहरनिया गाउँपालिका र विदेह नगरपालिकाका १–१, कमला नगरपालिकाका ३ र ठाउँ नखुलेको २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी महोत्तरीको बर्दिवास नगरपालिकाका ११, औरही नगरपालिका, लोहारपट्टी नगरपालिका र ठाउँ नखुलेको १–१ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीको मलंगवा नगरपालिकास्थित पञ्चकुमारी ब्यारेकका १६, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका १५ र लालबन्दी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जसहित विन्दवासिनी गाउँपालिका, छिपरमाई गाउँपालिका, भौराटार हेल्थ पोष्ट, बहुअरी पिरारी, बहुदरमाई नगरपालिका, आर्मी ब्यारेक, बैरिया, गम्हरिया, नारायणी अस्पतालको क्वार्टर गरी ४७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी बाराको विश्रामपुर, कलैया उपमहानगरपालिका, मनहरवा र भलुही भरवलियाका १–१ र बहुअरी हेल्थ पोष्टका ३ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका कारण प्रदेश २ मा अहिलेसम्म २६ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सबैभन्दा बढी पर्सामा १७, धनुषा, महोत्तरी र सिरहामा १–१ सप्तरी, रौतहत र बारामा २–२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैगरी शनिबार २८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया