Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘कर्णाली कोरोना जोखिमको ग्रीन जोनमा’

‘कर्णाली कोरोना जोखिमको ग्रीन जोनमा’


काठमाडौं, साउन २६
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले ‘कर्णाली कोरोना जोखिमको ग्रीन जोनमा रहेको दाबी गरेका छन् । भारतमा रहेका मानिसहरू नेपालमा फर्केसँगै समुदायमा पुगेको कोरोना अहिले नियन्त्रणमा आएको बताउँदै रजिष्टार काफ्लेले कोरोना जोखिममा कर्णाली ग्रीन जोनमा रहेको दाबी गरे । राजधानीमा आयोजित एक कार्यक्रममा उनले कामको सिलसिलामा भारत गएका नेपालीहरू फर्केसँगै एक–दुई ठाउँमा कोरोना संक्रमण देखिए पनि नियन्त्रणमा आइसकेको बताए ।

प्रतिष्ठानले कर्णालीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै उनले पूर्वतयारीमा सम्पूर्ण टिम जुटेकोले कर्णालीमा कोरोना समुदायमा पुग्न नपाएको बताए । काफ्लेले प्रतिष्ठानले अहिलेसम्म २० हजार बढी स्वाबको कोरोना परीक्षण गरेको जानकारी दिए । साथै अब दैनिक एक हजारको कोरोना परीक्षण गर्ने तयारी गरिहेको बताए । त्यसको लागि सरकारको सहयोगमा आवश्यक उपकरण जडानको कार्य भइरहेको समेत जानकारी दिए ।

यसअघि प्रतिष्ठानले पहिलो पटक पुलिङ सिस्टमबाट कोरोना परीक्षण गरेको बताउँदै काफ्लेले यसअघि दैनिक आठ सयसम्म स्वाब परीक्षण गरेको बताए । प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा छ सय जनामा कोरोना पोजेटिभ देखएको उनको भनाइ छ । ८० जनालाई अस्पतालमै भर्ना गरेर उपचार गरेर कोरोनामुक्त भएपछि डिस्चार्ज गरिएको उनले बताए ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै कर्णालीमा मानिसहरू त्रसित भइरहेको बेला चिकित्सकको टोली नै गाउँ–गाउँमा पठाएर परामर्श गरेको बताउँदै काफ्लेले भने, ‘नेपालमा कोरोना भाइरसको प्रवेश भइरहँदा कर्णालीका मानिसहरू निकै आतङ्कित भएका थिए । कोरोना के हो भन्ने नै मानिसहरूलाई थाहा थिएन ।

त्यो बेला हामीले विज्ञ चिकित्सकसहितको टोली पठायौँ । मानिसहरू भारतबाट फर्किन थालेपछि झन् डर त्रास फैलिइरहेको थियो । हामीले अस्पतालका चिकित्सकसहितको टोली गाउँ–गाउँमा पठाएर काउन्सिलिङ ग-यौँ ।’ कर्णालीमा कोरोना संक्रमण फैलिन थालेपछि प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पूर्वतयारी गरेको उनले बताए । प्रतिष्ठानले कर्णाली प्रदेशका सबै जिल्ला र सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, डडेल्धुराको स्वाब पनि परीक्षण गरेको उनको भनाइ छ ।

प्रतिष्ठानले लकडाउन सुरु भएलगत्तै आफूहरूले कसरी काम गर्ने भन्नेबारे छलफल सुरु गरेर टिम नै गठन गरेको थियो । पहिलो पटक मुगुमा एक जनामा आरडीटी पोजेटिभ र डोल्पामा एक जनाको मृत्यु भएपछि पूरै कर्णालीमा त्रास फैलिएपछि चिकित्सकसहितको टोलीले मुगुका विभिन्न गाउँको स्वाब संकलन गरेर परीक्षणसँगै परामर्श गरेको उनले बताए ।

निजी स्वास्थ्य संस्थाहरूले सेवा बन्द गरेको बेला प्रतिष्ठानले २४सै घण्टा सेवा दिएको जानकारी गराउँदै रजिष्टार काफ्लेले आफैँले पीसीआर मेसिन खरिद गरेर परीक्षण सुरु गरेको बताए । दुर्गमबाटै पनि सेवा दिन सकिन्छ भन्ने कुरा प्रतिष्ठानले देखाएको उनले दाबी गरे । साथै काफ्लेले प्रतिष्ठानले एमडी र एमबीबीएस कार्यक्रम सञ्चालनको तयारी पनि गरिरहेको जानकारी दिए । उनले डाक्टर बन्न अब विदेश र सहर पस्नुपर्ने बाध्यताको अन्त्य हुने दाबी समेत गरे । शैक्षिक कार्यक्रममा ४५ प्रतिशत कर्णालीको लागि छुट्ट्याइएको समेत उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया