सुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा
सुरेश राउत
काठमाडौं, पुस १८
बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितोमा कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्र्षको पछिल्लो चार महिनाको अवधिमा लघुुबित्त बित्तीय संस्था बाहेकका २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २५ वटा विकास बैंक र २२ वटा फाईनान्स कम्पनीहरुले सुनचाँदी धितो शीर्षकमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितो शीर्षकमा ३३ अर्ब ५४ करोड ८१ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो चार महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुले कुुल निक्षेप ३४ खर्ब ४४ अर्ब ८३ करोड ६० लाख रुपैयाँ रहेको छ भने कुुल कर्जा रकम ३० खर्ब ५१ अर्ब ४४ करोड ६० लाख रुपैयाँ रहेको छ । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र २९ खर्ब ७४ अर्ब ३४ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २६ खर्ब ४३ अर्ब १२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोमध्ये सुनचाँदी धितोमा मात्र प्रवाह भएको कुुल कर्जा रकम ३१ अर्ब ५५ करोड ६० लाख रुपैयाँ रहेको छ ।
विकास बैंकहरुले भने चालू आवकोे पछिल्लो चार महिनामा तीन खर्ब ९० अर्ब ४९ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ३६ अर्ब ९७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त कर्जा मध्येमा सुनचाँदी धितो शीर्षकमा मात्र विकास बैंकहरुले चार अर्ब ३० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी फाइनान्स कम्पनीहरुले पनि पछिल्लो अवधिमा ७९ अर्ब एक करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ३४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा मध्येमा सुनचाँदी धितोमा मात्र प्रवाह भएको कुुल कर्जा रकम ९३ करोड रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले सुनचाँदी धितो शीर्षकमा २८ अर्ब ८५ करोड ३२ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा वाणिज्य बैंकहरुको २५ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २२ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरुले भने उक्त अवधिमा तीन खर्ब १९ अर्ब रुपैैयाँ निक्षेप संकलन गरी दुुई खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा सुनचाँदी धितो शीर्षकमा चार अर्ब ६२ करोड ५४ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा फाइनान्स कम्पनीहरुले भने ६५ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब आठ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जामध्येमा सुनचाँदी धितोमा मात्र प्रवाह भएको कुुल कर्जा रकम ६५ करोड ७५ लाख ९० हजार रुपैयाँ रहेको थियो ।
सम्पत्ति शुद्धीकरणले खोज्यो बैंकका सीईओहरुको वार्षिक आम्दानी :- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंक तथा फाइनान्स कम्पनीहरुलाई उक्त संस्थामा कार्यरत रहेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको वार्षिक आम्दानी विवरण पठाउन आग्रह गर्दै पत्राचार गरेको छ । पछिल्लो समय बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको आम्दानी अस्वाभाविक रुपमा बढेसँगै विभागले यस्तो आग्रह गरेको हो ।
विभागले बैंक प्रमुख कार्यकारीहरुको आम्दानी विवरण पठाउन आग्रह गर्दै पत्रमा भनेको छ, ‘उपर्युक्त विषयमा प्रारम्भिक जाँचबुुझको सिलसिलामा त्यसमा बैंकमा हाल कार्यरत प्रमुुख कार्यकारी अधिकृत (सीईओ)लाई बैंकले प्रदान गर्ने तलबभत्ता र अन्य सुविधाको निर्धारित मापदण्ड आधारसहितको खुुद भुक्तानी पाउने एकमुुष्ठ मासिक तथा वार्षिक रकमको विवरण यथाशीघ्र उपलब्ध गराइदिनुुहुुन अनुरोध छ ।’
नेपाली बैंकिङ क्षेत्रमा हाल २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २५ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी र ८९ वटा लघुुवित्त वित्तीय संस्थाहरु समेत गरी कुुल एक सय ६४ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा छन् । सम्पत्ति शुद्धीकरणले पछिल्लो समय प्र्रमुुख कार्यकारीहरुको वार्षिक आम्दानी विवरण पठाउन गरेको आग्रह भने विशेषगरी वाणिज्य बैंक र ठूला विकास बैंकहरुमा केन्द्रित रहेको देखिन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया