Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाका कारण विदेशमा थप तीन जनाको मृत्यु

कोरोनाका कारण विदेशमा थप तीन जनाको मृत्यु


काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कोरोनका कारण यो साता यूकेमा एक जना र पोर्चुगलमा दुई जनाको मृत्यु भएको हो । संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन सय १५ पुगेको छ । विभिन्न २० देशमा रहेका नेपालीहरूले कोरोनाका कारण ज्यान गुमाएका हुन् । संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार तीन सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५० हजार छ सय ५६ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, यूएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ । हाल विश्वका केही मुलुकहरूले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोनाविरुद्धका खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । विभिन्न मुलुकमा तीव्ररूपमा खोप वितरण समेत जारी छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोप आउन सक्ने सम्भावना रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया