बैंकिङ कसुर र चेक अनादर मुद्दामा दुई जना पक्राउ

काठमाडौं ।
बैैंकिङ कसुर र चेक अनादर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार बैैैंकिङ कसुरसम्बन्धी मुद्दामा मणि कुमार थापा र चेक अनादर मुद्दामा नर्बदा उपाध्याय भण्डारी पक्राउ परेकी हुन् । सोमध्ये चेक अनादर मुद्दाकी फरार प्रतिवादी झापाको भद्रपुर न.पा.वडा नं. ५ स्थायी घर भई हाल भक्तपुरको सानो ठिमी बस्दै आएकी थिइन् । भण्डारीलाई २१ लाख रुपैयाँ चेक अनादर मुद्दामा पक्राउ गरिएको हो ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट वि.सं. २०७६ माघ २४ गते भएको २१ लाख रुपैयाँको चेक अनादर बिगो मुद्दामा दुई वर्ष कैद सजाय फैसला भएको थियो । सोपश्चात् उनी हालसम्म फरार रहेकी थिइन् । खोजतलास गर्ने क्रममा बुधबार बिहान भक्तपुरको मध्यपुर ठिमी न.पा. वडा नं. २ बाट उनलाई नियन्त्रणमा लिइएको हो । आवश्यक कारबाहीका लागि हाल काठमाडौं जिल्ला अदालत पठाइएको सूचना अधिकृत कोइरालाले जानकारी दिए ।
उनका अनुसार ललितपुरको महालक्ष्मी न.पा. वडा नं. – ६ इमाडोल बस्ने ५५ वर्षीय मणि कुमार थापालाई भने बैैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको हो । थापाले घर जग्गाको काम गर्दै आएका थिए । सोही सिलसिलामा विभिन्न व्यक्तिहरुसँग रकम लिई सो बापत विभिन्न बैंकको चेक काटिदिने र सो पश्चात् बैंकमा पैसा जम्मा नगरी सम्पर्कविहीन हुने गरेका थिए । साथै विभिन्न प्रहरी कार्यालयहरुमा उनीविरुद्ध बैंकिङ कसुर मुद्दा चलिरहेको थियो । यससम्बन्धी सूचना महानगरीय अपराध महाशाखामा प्राप्त भएको थियो ।
सोपश्चात् थापालाई खोजतलास गर्ने क्रममा मंगलबार काठमाडौंको कोटेश्वरबाट नियन्त्रणमा लिई अनुसन्धानपछि महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बैंकिङ कसुर मुद्दामा फरार रहेको भन्ने बुझिन आएको प्रहरीले जनाएकोा छ । उनलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया