Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२४ सय बिन्दुबाट पनि ओर्लियो सेयर बजार

२४ सय बिन्दुबाट पनि ओर्लियो सेयर बजार

१८ अंकले बजार ओरालो लाग्दा चार अर्ब २४ करोडको सेयर खरिदबिक्री


काठमाडौ ।
सेयर बजार परिसुचक २४ सय बिन्दुबाट पनि ओर्लिएको छ । अघिल्लो दिन ५१ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पुन १८ दसमलव सात अंकले ओरालो लागेर २३ सय ८९ दसमलव १९ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव सात अंकले ओरालो लागेर चार सय ३० दसमलव पाँच अंकमा झरेको छ । आज कुल १३ वटा उपसमुह अन्तर्गत दुई सय १२ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ५२ हजार तीन सय नौ पटकको कारोवारमा ९६ लाख चार हजार पाँच सय २९ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा यसदिन चार अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये पाँच वटा उपसमुहको सुचक उकालो लागेकाछन भने आट वटा उपसमुहको सुचक ओरालो लागेकाछन । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचकहरु ओरालो लागेकाछन भने ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु उकालो लागेकाछन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया