Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीएफआईटी ग्रुप अफ इन्स्टीच्युसनको एजेन्ट सम्मेलन

बीएफआईटी ग्रुप अफ इन्स्टीच्युसनको एजेन्ट सम्मेलन


काठमाडौं । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बीएफआईटी ग्रुप अफ इन्स्टीच्युसनले काठमाडौँमा एजेन्ट सम्मेलन गरेको छ । विभिन्न शैक्षिक संस्थाहरू सञ्चालन गरी विद्यार्थीहरूलाई गुणस्तीरय शिक्षा प्रदान गर्न सफल भएको सम्मेलनमा सहभागीहरूले बताएका थिए ।

बीएफआईटी ग्रुप अफ इन्स्टीच्युसनअन्तर्गत बिफ्ट कलेज, किङस्टोन इम्पेरियल इन्स्टीच्युट, लिब्रा कलेज अफ ल, गुरु नानक कलेजलगायतका शैक्षिक संस्थाहरू सञ्चालनमा रहेका छन् । अधिकांश शैक्षिक कार्यक्रमहरू हेमवती नन्दलन बहुगुण गढवाल युनिभर्सिटी (सेन्ट्रल युनिभर्सिटी) र अन्य तीन स्टेट युनिभर्सिटीहरूको आबद्ध भई डिप्लोमा, अन्डरग्य्राजुएट, पोस्ट ग्रज्युएट र पीएचडी समेत अध्ययन अध्यापन गराउने गरेको यस शैक्षिक संस्थाले एआईसीटीई, एनएएसी, एमएचआरडी, यूजीसीलगायतका सबै गुणस्तर मापनका मापदण्ड पूरा गरेको छ । यिनै सफलता प्राप्त गरिएका विषयका बारेमा शैक्षिक परामर्श व्यवसायीहरूलाई जानकारी गराउन पाउँदा कलेजका रजिष्ट्रार भूपेन्द्रर सिंहले खुशी व्यक्त गरे । यस्तै सिंहले २०औँ वार्षिकोत्सवको अवसरमा बीएफआईटी ग्रुप इन्स्टीच्युटको एजेन्टलाई प्रमाणपत्र समेत प्रदान गरेका छ ।

कलेजका इन्चार्ज तथा अन्तर्राष्ट्रिय बजार व्यवस्थापक अजय बरालले शैक्षिक परामर्श व्यवसायीहरूको साथ र सहयोगले बीएफआईटी ग्रुप अफ इन्स्टीच्युसनले सफलता पाएको बताए । सो इन्स्टीच्युसनमा अध्ययन गरेका विद्यार्थीहरूले हाल स्वदेश तथा विदेशमा उच्च तहमा काम गरिरहेकोमा आफूलाई निकै खुशी लागेको बरालको भनाइ छ ।

देहरादुन पहिले नेपाली राज्य नै भएकोले त्यहाँ रहेका अधिकांशले नेपाली भाषा, संस्कृति बुझ्ने र त्यसलाई जगेर्ना गर्ने गरेको पाइएको छ । नेपाली विद्यर्थीसुहाँउदो वातवरण र सुपथ मूल्यमा सेन्ट्रल गभर्मेन्ट युनिभर्सिटको डिग्री प्राप्त हुने हुँदा नेपाली विद्यार्थीहरूले बिफ्ट ग्रुप अफ इन्स्टीच्युटलाई मन पराउँदै आएको पाइन्छ । सन् २००२ मा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित बाबा फरीद इन्स्टीच्युट अफ टेक्नोलोजी आजको दिनसम्म आइपुग्दा बीएफआईटी ग्रुप अफ इन्स्टीच्युट भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया