बीमाप्रतिको विश्वसनीयता बढाउने गरी काम गर्न अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्नेगरी काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । समितिको आयोजनामा लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा आज बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख एवं कर्मचारीहरूसँग भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले नागरिकको जीवन तथा सम्पत्तिको बीमा गरेर आर्थिक जोखिम लिने काम बीमा कम्पनीहरूको भएको र त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।
अध्यक्ष सिलवालले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, गरिब र पिछडिएका वर्गसम्म बीमाको पहुँच नपुगेकाले लघुबीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै गरिब, विपन्न र पिछडिएका वर्गले आफ्नो क्षमता र चाहनाअनुसार बीमा गर्न पाउनुपर्छ भन्नेमा समिति दृढ छ उनले भने ।
अन्तरक्रिया कार्यक्रममा सोधिएका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालयमा निरन्तर छलफल भइरहेको र चाँडै नै दाबी भुक्तानी सुरु हुने जानकारी दिए । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूको विद्यमान पुँजीले जोखिम धान्न नसक्ने भएकाले चुक्ता पुँजी वृद्धिको निर्णय गरिएको, बीमा कम्पनीहरूलाई प्रदेश तथा शाखा कार्यालयहरूमा दाबी भुक्तानीसहितको अधिकार प्रत्यायोजन गर्न निर्देशन दिइएको र बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरूलाई सचेत गराइएको बताए ।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले वित्तीय जोखिमांकन राम्रो भएमा आपराधिक घटना हुन नपाउने भएकाले बीमा कम्पनीहरू वित्तीय जोखिमांकन गर्दा बढी चनाखो हुनुपर्ने बताए । कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयमा अधिकार प्रत्योजन नहुँदा स–सानो दाबी भुक्तानीका लागि केन्द्रमै जानुपर्ने बाध्यता रहेको, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा देखिएको, शाखा कार्यालयहरूमा कर्मचारीको अभाव भएको, विपन्न, गरिब र पिछडिएका वर्गको क्षमता र आवश्यकताअनुसारको बीमालेख नभएको, स्वास्थ्य जोखिमांकनको परीक्षणका लागि स्वास्थ्य चौकीहरूमा उपकरणको अभाव भएको लगायतका धारणा राखेका थिए । कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लाल, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमितहरूलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया